शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढीमा उद्योग सञ्चालक पक्राउ, झण्डै १२ किलो चरेसहित थप तीन जना समातिए

धनगढीमा उद्योग सञ्चालक पक्राउ, झण्डै १२ किलो चरेसहित थप तीन जना समातिए

  • बुधबार, माघ १८, २०७९
धनगढीमा उद्योग सञ्चालक पक्राउ, झण्डै १२ किलो चरेसहित थप तीन जना समातिए

कैलालीको धनगढीमा एक उद्योग सञ्चालक पक्राउ परेका छन्। झण्डै १२ किलो चरेस र उद्योग सञ्चालकसहित चार जना पक्राउ परेका हुन्। दार्चुलाको नौगाड गाउँपालिका–२ स्थायी घर भई हाल धनगढीको चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योग सञ्चालन गर्दै आएका नरेन्द्रसिंह धामी चरेस सहित पक्राउ परेका छन्।
३४ वर्षीय धामीले सञ्चालन गरेको सो उद्योगमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्योग सञ्चालकसहित ४ जनालाई आज पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–३ चकटपुरबाट ११ किलो ९ सय ग्राम चरेश, एक थान डिजिटल काँटा समेत नियन्त्रणमा लिएर चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

पक्राउ पर्नेमा उद्योग सञ्चालक नरेन्द्रसिंह धामी, दार्चुला नौगाड–२ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु गाउँपालिका–७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुरा स्वामीकार्तिक गाउँपालिका–२ का स्थायी घर भई हाल बर्दगोरिया गाउँपालिका–४ कैलाली बस्दै आएका ३५ वर्षीय धनलाल कामी रहेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार