बैतडी – बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेकस्थित दोगडाभूमीराज किराना पसलका सञ्चालक ५० वर्षीय बिरसिंह कार्कीलाई एकसय ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको जनाएको छ। उनीमाथि लागु औषध मुद्दामा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।