काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यहरुले क्यानको कार्यसम्पादन समितिमा रहेका पदाधिकारीको राजीनामा माग गरेका छन् । क्यानका केन्द्रीय सदस्यहरुले आइतबार पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्तविक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेको हो ।
नेपाल टी–ट्वान्टी लिगमा देखिएको पछिल्लो विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै राजीनामाको माग गरेका हुन् । क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरेका हुन् ।
नेपाल टीट्वान्टी लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको उनीहरुको आरोप छ ।