• होमपेज
  • समाज
  • कञ्चनपुरमा हात्तिको आक्रमणबाट महिला घाइते

कञ्चनपुरमा हात्तिको आक्रमणबाट महिला घाइते

  • बिहिबार, माघ १२, २०७९
कञ्चनपुरमा हात्तिको आक्रमणबाट महिला घाइते

धनगढी –  कञ्चनपुरमा हात्तिको आक्रमण एक महिला घाइते भएकी छन्।

जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएकी एक महिलालाई हात्तिले आक्रमण गरेको हो। लालझाडी गाउँपालिका वडा नम्बर ६ ढक्का शिविरकी ५५ वर्षीया लल्लु सार्कीलाई बुधवार हात्तिले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायव उपरिक्षक चक्र शाहका अनुसार महिलालाई जंगली हात्तिले अक्रमण गरेको हो।

हात्तीको आक्रमणबाट घाइते भएको महिलाको बेलौरी अस्पतालमा उपचार भएको छ। गत पुसको तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएका थिए।

चर्चामा

सम्बन्धित समाचार