बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमको सभामुखका लागि आज चौथो पटक मतदान हुँदै

सुदूरपश्चिमको सभामुखका लागि आज चौथो पटक मतदान हुँदै

  • मङ्लबार, माघ ३, २०७९
सुदूरपश्चिमको सभामुखका लागि आज चौथो पटक मतदान हुँदै

धनगढी — सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मंगलबार चौथो पटक चुनाव हुँदैछ । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको छैन ।

गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक-एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।

३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा आज फेरि निर्वाचन हुनेछ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी छन् । सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार