बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • समाचार
  • दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो

दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो

  • आइतवार, माघ १, २०७९
दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६ जनाको शव निकालिएको जानकारी दिए ।

उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । ‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न सकिएन ।’

खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।

चर्चामा

सम्बन्धित समाचार