काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएका छन् । प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् ।
बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता नेपालबीचको भेटवार्तामा प्रचण्डले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए । प्रचण्डसँगको भेटवार्तापछि अध्यक्ष नेपालले भने,‘ उहाँ (प्रचण्ड) ले विश्वासको मत दिन आग्रह गर्नुभयो । मैले हामी यसबारेमा पार्टीमा छलफल गर्छौ भन्ने जवाफ दिएँ ।’
भेटवार्ताका क्रममा सरकारमा जाने नजानेबारे कुनै कुराकानी नभएको नेता नेपालको भनाइ छ । ‘यसबारे कुनै कुराकानी भएन, खाली विश्वासको मतका बारेमा मात्रै कुरा भयो’, अध्यक्ष नेपालले बताए ।