शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा २८ पुसमा सभामुखको निर्वाचन, २७ गते उम्मेदवारी दर्ता

सुदूरपश्चिममा २८ पुसमा सभामुखको निर्वाचन, २७ गते उम्मेदवारी दर्ता

  • बुधबार, पुस २०, २०७९
सुदूरपश्चिममा २८ पुसमा सभामुखको निर्वाचन, २७ गते उम्मेदवारी दर्ता

धनगढी –  सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयले बुधबार सूचना जारी गर्दै १८ पुसमा सभामुखको निर्वाचन हुने जानकारी दिएको छ ।

सचिवालयले २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदेशसभाको कुनै सदस्यले सभामुखमा मनोनयन दर्ता गराउन सक्ने बताएको छ । दिउँसो ३ बजेसम्म दर्ता भएको प्रस्तावअनुसारको नामावली प्रकाशन गर्ने, दिउँसो ४ बजेसम्म प्रस्तावमाथि दाबी विरोधको समय तोकिएको छ ।

४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय राखिएको छ भने २८ गते दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुनेछ । प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले २ माघमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

तर प्रदेशसभा सचिवालयले नियमावली देखाउँदै २८ गते सभामुखको निर्वाचन गर्ने जनाएको थियो । सोमबारको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्यले २८ गते सभामुखको निर्वाचनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई निर्देशन दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार