शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेस संसदीय दलको नेतामा ६ जना प्रदेश सांसदको दाबी

काँग्रेस संसदीय दलको नेतामा ६ जना प्रदेश सांसदको दाबी

  • मङ्लबार, पुस १९, २०७९
काँग्रेस संसदीय दलको नेतामा ६ जना प्रदेश सांसदको दाबी

धनगढी – सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलको नेता बन्न ६ जनाले दाबी गरेका छन्। नेता चयनका लागि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले मंगलबार गरेको छलफलमा ६ जना प्रदेश सांसदले दाबी पेस गरेका हुन्।

संसदीय दलको नेताका लागि दाबी गर्नेमा प्रदेश महामन्त्रीसमेत रहेका मेघराज खड्का, बहादुरसिंह थापा, प्रकाश देउवा, शिवराज भट्ट, दिवानसिं विष्ट र कमल शाह रहेका छन्।

१९ जना प्रदेश सांसदसहित नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठकले भोलि बिहानसम्म सहमतिका लागि समय दिएको नेपाली काँग्रेस प्रदेश महामन्त्री नरनारायण शाहले बताए।

चर्चामा

सम्बन्धित समाचार