• होमपेज
  • राजनीति
  • प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

  • मङ्लबार, पुस १९, २०७९
प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको जानकारी दिए।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए। पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार पहिलो चरणमा सोमबार प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका हुन्। केही सचिव र विभागका प्रमुखले अझै आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए। उनीहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए।

चर्चामा

सम्बन्धित समाचार