शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्वकपको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने

विश्वकपको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने

  • सोमवार, मंसिर २६, २०७९
सेयर गर्नुहोस् :
विश्वकपको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने

विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने भएको छ। कतार फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको हो। आइतबार मात्र एडिडास कम्पनीले सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल सार्वजनिक गरेको हो।

यो बलको नाम ‘अल हिल्म’ राखिएको छ। अरेबिक भाषाको यो शब्दको अर्थ सपना भन्ने हुन्छ। यसअघि एडिडास कम्पनीले नै बनाएको ‘अल रिहला’ नामको बल प्रयोग हुँदै आएको थियो। नयाँ बलमासमेत अघिल्लो बलमा जस्तै सेन्सर प्रविधिको प्रयोग गरिएको छ।

कतार विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरोक्को पुगेका छन्। सेमिफाइनलका दुई खेल मंगलबार र बुधबार हुनेछन्।

चर्चामा

सम्बन्धित समाचार