• होमपेज
  • देश/प्रदेश
  • लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने पूर्व लडाकु पक्राउ

लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने पूर्व लडाकु पक्राउ

  • मङ्लबार, मंसिर ६, २०७९
सेयर गर्नुहोस् :
लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने पूर्व लडाकु पक्राउ

धनगढी  – पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाईे ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन्।

मंगरबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै घुसेर धम्की दिएको आरोपमा स्थानका शेरबहादुर लामा र दिपेन्द्र विक पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टका अनुरास उनीहरु पूर्व लडाकु हुन्।

आफू घरमा नरहेको अवस्थााम अत्तरियास्थित नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भट्टले बताएका थिए। उनकाअनुसार आधा दर्जन बढी युवाहरु घरमा पसेका हुन्। उनीहरुले घरभित्र पसेर कहाँ छ (पूर्व) मन्त्री ? भन्दै घरमा रहेका आफ्ना परिवारका सदस्यहरुलाई दुव्र्यवहार गरेका भट्टले बताए।

लेखराज नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत छन्। यहाँ उनले अहिलेसम्मको मतगणनामा अग्रता लिएका छन्। उनलाई नेपाली काँग्रेसका वीरबहादुर बलायरले पछ्याइरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार