धनगढी – धनगढीको मुख्य सडकमा डोजर चलेको छ । धनगढी उपमहानगरपालिकाले छेउका संरचना हटाउन बुधबार देखि डोजर चलाएको हो ।
धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन शुरु गरेको छ।
उपमहानगरपालिकाले यसअघि भदौ १३ मा सडकको दायाँ-बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई पत्राचार गरेको थियो।