• होमपेज
  • सुचना प्रबिधी
  • प्रदेश १ र गण्डकीका पहाडी भागमा हल्का वर्षाको सम्भावना

प्रदेश १ र गण्डकीका पहाडी भागमा हल्का वर्षाको सम्भावना

  • सोमवार, कार्तिक १४, २०७९
प्रदेश १ र गण्डकीका पहाडी भागमा हल्का वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने ठानिएको छ।

मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मंगलबार राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार