• होमपेज
  • समाज
  • कारागारमा लागुऔषध ओसारपसार गरेको आरोपमा हवल्दारसहित २ जना पक्राउ

कारागारमा लागुऔषध ओसारपसार गरेको आरोपमा हवल्दारसहित २ जना पक्राउ

  • शुक्रबार, कार्तिक ११, २०७९
कारागारमा लागुऔषध ओसारपसार गरेको आरोपमा हवल्दारसहित २ जना पक्राउ

जिल्ला कारागार कैलालीमा लागुऔषधको ओसाारपोसारमा संलग्न रहेको आरोपमा एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। असोज ३१ गते धनगढी उपमहानगरपालिका–७ बाट प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको थियो।

कैलारी गाउपालिका–६ वनकटुवा बस्ने ३३ वर्षीय यादवकुमार चौधरीले भारतबाट लागुऔषध ल्याउनेक्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो। चौधरीलाई १३ ग्राम लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनले कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवल्दार अपिल भाट पनि लागुऔषध ओसारपोसारमा संलग्न रहेको आरोप लगाए।

उक्त आरोपछि सहायक हवल्दार भाटलाई निलम्बन गरी लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताएका छन्। सहायक हवल्दारसँगै कारागारका चौकीदार बसन्त बुढाको नामपनि यो मुद्दामा मुछिएको छ।

चर्चामा

सम्बन्धित समाचार