• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • नदीको छेउछाउमा रहेकाे फोहोरको डंगुर व्यवस्थापन गर्न सकेन जयपृथ्वी नगरपालिकाले

नदीको छेउछाउमा रहेकाे फोहोरको डंगुर व्यवस्थापन गर्न सकेन जयपृथ्वी नगरपालिकाले

  • शुक्रबार, कार्तिक ४, २०७९
नदीको छेउछाउमा रहेकाे फोहोरको डंगुर व्यवस्थापन गर्न सकेन जयपृथ्वी नगरपालिकाले

अर्थ जङ शाही/ बझाङ — सदरमुकाम चैनपुरको सडक, चोक र नदी किनारमा फोहरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित सेती नदीमा सिधै फोहोर मिसिन थालेको छ ।

सेतीनदी पछिल्लो समय प्लास्टिक, सीसासँगै घरघरबाट निस्केको फोहरका कारण दुर्गन्धित बन्दै गएको छ। कुनै बेला स्वच्छ अनि चञ्चल भएर बग्ने सेती नदीको पानी पछिल्लो समय धमिलो हुँदै गएकोे छ, भने नदी किनारमा प्लास्टिक र सीसाको डंगुर नै देखिन्छ।सेती नदिको पानकोट पुल,डुङग्री पुल आसपासमा अत्याधिक फोहोर बढेको हो।

जयपृथ्वी नगरपालिका–१० चैन्पुरका युवा लेसन सिंहले भने- सीसा फुटाएर फालिएकाले किनारमा खाली खुट्टा हिँड्न पनि जोखिम हुने गरेको बताउँछन्।

फोहर व्यवस्थापनमा जयपृथ्वी नगरपालिका स्थानीय तह सफल हुन सकेका छैन। फोहर व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा परेको छैन। सरोकार निकायको भने यसतर्फ ध्यान जान सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार