बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • राजनीति
  • कमल थापालाई टिकट दिएको विरोधमा मकवानपुरको एमाले कार्यालयमा तालाबन्दी

कमल थापालाई टिकट दिएको विरोधमा मकवानपुरको एमाले कार्यालयमा तालाबन्दी

  • आइतवार, अशोज २३, २०७९
कमल थापालाई टिकट दिएको विरोधमा मकवानपुरको एमाले कार्यालयमा तालाबन्दी

हेटौंडा– नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका एमाले नेता रामचन्द्र राईले पार्टीले गलत निर्णय गरेकाले कार्यकर्ताले विरोध जनाएको बताए ।

एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधि सभा चुनावमा समर्थन गर्ने निर्णय गरेको थियो ।एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो ।

तर अन्तिममा उनलाई फिर्ता गरेर कमल थापालाई समर्थन गर्ने निर्णयमा एमाले पुगेको थियो ।एमाले कार्यकर्ताले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने बताएका छन्

चर्चामा

सम्बन्धित समाचार