• होमपेज
  • समाज
  • प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता

  • शुक्रबार, अशोज २१, २०७९
प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता

प्यूठान– माण्डवी गाउँपालिका- ४ उदयपुरकोट खरिण्डेमा घर पुरिदा ६ जना बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो साढे तीन बजे घरमाथिबाट आएको पहिरोले पुरिदा एकै घरमा बसेका दुई परिवारका सदस्य बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक शुसिल थापामगरले जानकारी दिए ।

स्थानीय ६० वर्षीय बमबहादुर राहु मगर, उनकी श्रीमती, ६० वर्षीय हिरा बहादुर थापा, १८ वर्षीय मौसमी थापा, ४ वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगरलाई पहिरोले पुरेको हो ।

उनीहरुको उद्दारका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानबाट डीएसपीसहितको टोली घटनास्थलमा गइरहेको छ । जिल्लाको विभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध हुँदा उद्दारका लागि प्रहरी पुग्न समस्या भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार