काठमाडौं– आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।
बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे जानकारी दिएको छ । उक्त सूचनामा लेखिए अनुसार आज पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीहरुमा पानीको बहाव खतरा तह आसपास पुगेको छ । बाढी बढ्दो क्रममा छ ।
आज बागमती प्रदेशको चितवन, रुकुम पूर्वबाहेक लुम्बिनी प्रदेशका सबै जिल्ला, गण्डकी प्रदेशका नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा तथा कर्णाली प्रदेशको जाजरकोटका नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
असोज २१ गते भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने अधिकांश नदीहरुमा बहाव उल्लेख्य बढ्ने छ ।
यस्तो छ तीन दिनको बाढी पूर्वानुमान–