जब सम्म नेतालाई जनताको डर हुँदैन,
जनतालाई पनि मतदान गर्ने कर हुँदैन।
झुटा आसवासन दिन्छन चुनावकै वेला,
नेताहरूको कुराभन्दा तितो जहर हुंदैन।
देश हाम्रो हो,होइन कुनै नेताको प्याउते,
कसैको निजी त यो धर्ति र सगर हुंदैन।
जुटाउँनेछौँ पसिना पोखेर मानो र छानो,
बिना शंघर्षको त जिवनको सफर हुंदैन।
नधम्काउ गरिब श्रमजिविलाई सधैभरी,
पौरखमा बांच्ने त कसैमा निरभर हुँदैन।