सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डोटीकी सुत्केरीको हवाई उद्धार

डोटीकी सुत्केरीको हवाई उद्धार

  • बिहिबार, भदौ २३, २०७९
डोटीकी सुत्केरीको हवाई उद्धार

डोटी– डोटीकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सायल गाउँपालिका–६ कि २५ वर्षीया धौली साउदको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको एनए ०६१ कल साइन हेलिकोप्टरद्वारा उद्धार गरि उनलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको डोटीस्थित भैरव प्रसाद गणका गणपति जन्मतबहादुर कार्कीले बताए।

बिहीबार बिहान रक्तस्राव भएर जिल्ला अस्पताल डोटी पुगेकी उनको शिशुको गर्भमै मृत्यु भएको पाइएको थियो। शल्यक्रियामार्फत मृत शिशु निकालिएपछि उनलाई अत्यधिक रक्तस्राव भएको जिल्ला अस्पताल डोटीका मेसु निराजन श्रेष्ठले बताए। उनका अनुसार त्यसपछि मात्रै सुत्केरीलाई रेफर गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार