• होमपेज
  • राजनीति
  • काँग्रेस बाजुरा बाट प्रतिनिधि सभामा पाण्डे कि पण्डित ?

काँग्रेस बाजुरा बाट प्रतिनिधि सभामा पाण्डे कि पण्डित ?

  • सोमवार, भदौ ६, २०७९
काँग्रेस बाजुरा बाट प्रतिनिधि सभामा पाण्डे कि पण्डित ?

बाजुरा–नेपालि काँग्रेस बाजुरा बाट प्रतिनिधि सभाको चुनावमा दुइजना बिच टिकट लिनका लागि कडा प्रतिश्पर्धा देखिएको छ । नेपालि काँग्रेसका सहमहामन्त्रि बद्धि पाण्डे र काँगेस बाजुरा पुर्व पाटि सभापति बिचमा टिकट कसले लिने भन्ने देखिएको छ ।
पाण्डे शेखर कोइराला समुह हुन भने पण्डित देउवा पक्षधरका नेता हुन् । सामाजिक सञ्जालमा पण्डित पक्षधर कार्यकर्ताले पण्डितले टिकट पाउनुपर्ने तर्क राखेका छन्, भने पाण्डे पक्षधर कार्यकर्ताले बद्रि पाण्डेले पाउनु पर्ने तर्क राख्दै सामाजिक सञ्जालमा प्रचारप्रसारमा लागेको देखिन्छ । पाँच दलिय गठबन्धनमा एक भएर गएपनि बाजुरामा प्रतिनिधि सभामा काँग्रेस भन्दा अन्य पाटिले टिकट पाउने सम्भाबना निकै न्युन रहेको छ ।
कबिराज पण्डितले २०७४ को प्रतिनिधि सभाको चुनावमा एमालेका उम्मेदवार लाल बहादुर थापा सँग पराजय भएका थिए । पण्डितको पक्षमा लबि देउवा पक्षधर गरिरहेका छन् । पाण्डे भने आफै टिकट दिने ठाउँमा रहेकाले पाण्डेलाई टिकट पाउन ग्राहो नभएको काँग्रेस एक केन्द्रिय सदस्यले वताएका छन् । देउवा पक्षधर काँग्रेस बाजुराका नेता कार्यकर्ताले बद्रि पाण्डेले टिकट नदिनका लागि देउवाको सचिबालय सम्म डेलिकेशनमा पुगेको एक स्रोतले वताएको छ ।
पाण्डेलाई रोक्न देउवा पक्षलाई त्यति सजिलो भने छैन् । पाण्डे आफै पदाधिकारी भएकाले उनि अरुलाई टिकट दिन ठाउँमा भएकाले उनको टिकट पाउन त्यति ग्राहो नभएको काँग्रेसको एक स्रोतले बताएको छ । पण्डितले भने आफुलाई प्रतिनिधि सभाको टिकट पाउनका लागि देउवा सम्म दौडधुप गरिरहेका छन् ।
बाजुरामा स्थानिय चुनावमा एकले अर्का गुटलाई सहयोग नगरेको आरोप लागिरहेका बेला दुबै पक्षम एक अर्कालाई टिकटमा पाउनमा रोक लगाएर आफ्नो पक्षमा टिकट लिन निकै संघर्ष गरिरहेको एक स्रोतले वताएका छन् । प्रतिनिधि सभामा अन्य काँग्रेस नेताको आंकाक्षा भएपनि अहिले सम्म कसैको बाहिर आइसकेको छैन् । पाण्डे र पण्डितको भने सामाजिक सञ्जालमा समेत चर्चापरिचर्चा भइरहेको छ । जिल्ला नेतृत्वमा पाण्डे पक्ष बलियो भएपनि केन्द्र र प्रदेशमा भने देउवा पक्ष बलियो रहेको छ । पाण्डेले टिकट पाउनका लागि पनि सहज भने नहुने देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार