दुश्मन होइन देश भाड्ने त सरकार भयो,
यही टाउका माथी झुण्डेको तरवार भयो।
जनताले आंखा चिम्म गरेर गर्दा मतदान,
सधै लाई जनता पछुताउने आधार भयो।
जित्नकै लागी लड्छौ र मर्छौं अकालमा,
असरवादले गर्दा हाम्रो सधैभरी हार भयो।
छिमेकले अल्पमतमा पार्छ हाम्रो देशलाई,
देशमा नागरिकता को पनि ब्यापार भयो।
भन्निन्छ घरको भेदिलेनै लङ्का ढाए अरे,
केही नेताले गर्दा त बिदेशी हकदार भयो।
सत्ता भत्ताले पेट भरिन र धेरै दलाल बने,
देशका दुश्मन भए बिदेशीसँग प्यार भयो।