• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बैतडी कारागारका १६ कैदीमा कोरोना

बैतडी कारागारका १६ कैदीमा कोरोना

  • शनिबार, भदौ ४, २०७९
बैतडी कारागारका १६ कैदीमा कोरोना

बैतडी — जिल्ला कारागार बैतडीमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार चार र बिहीबार १२ जनामा कोरोना पुष्टि भएको कारागार प्रमुख राधा भण्डारीले बताइन्।

‘बुधबार ४ जनामा पुष्टि भएको हो, त्यसपछि थप ८९ जनामा एन्टीजेन परीक्षण गर्दा थप १२ मा कोरोना देखियो,’ उनले भनिन्। कोरोना पुष्टि भएकालाई अलग्गै राखिएको कारागार प्रमुख भण्डारीले बताइन्। आजदेखि कैदीलाई भेटघाट गर्न रोक लगाइएको उनले बताइन्। ठाउँ अभावमा बसाई व्यवस्थापनमा असहज भइरहेको उनले बताइन्।

२५ जना कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना कैदी राखिएको छ। क्षमताभन्दा बढी कैदी रहेकाले बसाई व्यवस्थामा असहज हुने गरेको कारागार प्रमुख भण्डारीले बताइन्।

२०४० सालमा २५ जना कैदीबन्दी अटाउने भवन निर्माण भएको थियो। बैतडीमा समुदायस्तरमै कोरोना फैलिएको छ। केही दिनअघि भारतबाट आउनेहरूमा कोरोना देखिने गरेको थियो। पछिल्लो समय समुदायबाट जाँच गराउन लागि आउनेमा पनि कोरोना देखिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार