• होमपेज
  • समाचार
  • बसले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

बसले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

  • बिहिबार, भदौ २, २०७९
बसले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहट — बिहीबार बिहान रौतहटको चन्द्रपुरमा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही–२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ। लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन्। उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना पश्चात बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका सन्तु जैसवारले बताए।

चर्चामा

सम्बन्धित समाचार