• होमपेज
  • देश
  • चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने

  • आइतवार, साउन २२, २०७९
चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने

काठमाडौं —  प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्ताव पेस हुनेछ ।

संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुन्छ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१(५) मा तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ ।

प्रतिनिधि सभामा पेस भएपछि महाअभियोगबारे छलफलको हुने समय तोकिन्छ । छलफल सकिएपछि सभामुखले प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुपर्नेछ । समितिले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्छ ।

१ फागुन २०७९ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

प्रस्ताव दर्ता भएको लामो समय बितिसक्दा पनि बैठकमा पेस नभएको भनी सभामुख र सत्तारुढ दलहरुको आलोचना भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार