• होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनले चेतावनी दिँदै भन्यो – अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्छ

चीनले चेतावनी दिँदै भन्यो – अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्छ

  • बुधबार, साउन १८, २०७९
चीनले चेतावनी दिँदै भन्यो – अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्छ

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पोलोसीको चीन भ्रमणलाई लिएर कूटनीतिक विवाद बढेको छ । पेलोसीको भ्रमणको विरोधमा चीनले अमेरिकी राजदूतलाई बोलाएको छ । चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार अमेरिकी राजदूत निकोलस बन्र्ससँगको कुराकानीको क्रममा उप–विदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणकोे कडा विरोध गरेका थिए ।

‘यो कदम प्रकृतिमा अत्यन्तै डरलाग्दो छ र परिणामहरू अत्यन्त गम्भीर छन्’ उनले भनेका छन् । अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफै तिर्ने’ र वासिंगटनलाई तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न’ उनले चेतावनी दिएको सिन्ह्वाले रिपोर्ट गरेको छ ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार