• होमपेज
  • समाचार
  • दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३३ यात्रु घाइते

दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३३ यात्रु घाइते

  • बुधबार, साउन ११, २०७९
दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३३ यात्रु घाइते

नवलपरासी पूर्व (नवलपुर) काे विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको थियो।

बस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३३ जना यात्रु घाइते छन्। आगलागीबाट यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेमध्ये केहीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।

८ जना घाइतेलाई भने चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ।

चर्चामा

सम्बन्धित समाचार