• होमपेज
  • समाचार
  • खोलाले बगाएर दुई जनाको मृत्यु

खोलाले बगाएर दुई जनाको मृत्यु

  • मङ्लबार, साउन १०, २०७९
खोलाले बगाएर दुई जनाको मृत्यु

सिन्धुपाल्चोक — इन्द्रावती खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ। मेलम्ची नगरपालिका-१२ र इन्द्रावती गाउँपालिका-५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट खोलाले बगाउँदा मेलम्ची-११ का बिश्नुप्रसाद चालिसेका ५ वर्षीय छोरा विशेष र चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीकी ५५ वर्षीया गोमा धितालको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

मृतक धिताल मृतक बच्चाकी ठूलीआमा भएको बताइएको छ। माइत जाने क्रममा इन्द्रावती-५ कोइरालटार भिरबाट लडेर दुवै जनालाई इन्द्रावती खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार