• होमपेज
  • देश
  • देशभर मनसुनी वायुको सामान्य प्रभाव

देशभर मनसुनी वायुको सामान्य प्रभाव

  • बिहिबार, असार ३०, २०७९
देशभर मनसुनी वायुको सामान्य प्रभाव

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार