• होमपेज
  • देश
  • कञ्चनपुरमा सेनाको साइकल यात्रामा विष्ट प्रथम

कञ्चनपुरमा सेनाको साइकल यात्रामा विष्ट प्रथम

  • शनिबार, असार २५, २०७९
कञ्चनपुरमा सेनाको साइकल यात्रामा विष्ट प्रथम

धनगढी — स्वास्थ्य र प्रर्यावरणप्रतिको हाम्रो दायित्व भन्ने नाराका साथ नेपाली सेनाले आयोजना गरेको ‘शुक्ला दोधारा चादँनी’ साइकल यात्रामा महेन्द्रनगरका भुवन विष्ट प्रथम भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा शनिबार नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले आयोजना गरेको साइकल यात्रामा एक घण्टा ४४ मिनेट ५१ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै विष्ट प्रथम भएका हुन्।

साइकल यात्रा सकिएपछि रुद्रध्वज गण मझगाउँ ब्यारेकमा आयोजित कार्यक्रममा नेपाली सेनाको पश्चिम कमाण्डका सेनापति उपरथी हिरालाल जोशीले साइकल यात्रामा बिजेताहरुलाई साइकल, प्रमाणपत्रसहित पुरस्कृत गरे। नेपाली सेनाले यहाँ पहिलोपटक आयोजना गरेको साइकल यात्रामा केशबसिंह भण्डारी दोस्रो र नेपाली सेनाका लालबहादुर गुरुङ्ग तेस्रो भएका छन्।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने बिजयी साइकलयात्रीलाई सेनाको पश्चिम कमाण्डका सेनापति उपरथी जोशीले पुरस्कृत गरेका छन्। प्रतियोगितामा ६३ जना भन्दा बढीको सहभागिता रहेको सेनाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार