• होमपेज
  • ब्रेक्इङ न्युज
  • लिफ्ट मागेर बुढीतोलामा कर्मचारी लुट्ने गिरोह पक्राउ, जंगलमा लुकेका थिए

लिफ्ट मागेर बुढीतोलामा कर्मचारी लुट्ने गिरोह पक्राउ, जंगलमा लुकेका थिए

  • सोमवार, असार १३, २०७९
सेयर गर्नुहोस् :
लिफ्ट मागेर बुढीतोलामा कर्मचारी लुट्ने गिरोह पक्राउ, जंगलमा लुकेका थिए

धनगढी — कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। उनीहरुलाई गोदावरी नगरपालिका-१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए। केही बेर अगाडि सोही स्थानको नजिकैबाट लुटिएको कार समेत फेला परेको थियो।

कञ्चनपुरको दैजी घर भएका डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर भण्डारी आज महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए। तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियाे। घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। भण्डारीको टाउको र शरिरमा चोट लागेको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेकाे जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार