• होमपेज
  • समाचार
  • श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

  • आइतवार, असार १२, २०७९
श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

अर्घाखाँची — श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका २ डाँडाकटेरी बस्ने २७ वर्षीय कमल भुषाल शुक्रबार दिउँसो पक्राउ परेका हुन्।

घर नजिकै जंगलमा दुवै जना दाउरा काट्न गएको अवस्थामा आफैँले बाँधेको गम्छाको प्रयोग गरी श्रीमतीको हत्या गरेको छु भनि आफै ईलाका प्रहरी कार्यालय खनमा आएर जानकारी गराएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार