• होमपेज
  • समाचार
  • धनगढी आउँदै गरेको बसका सहचालक खहरे खोलामा बेपत्ता

धनगढी आउँदै गरेको बसका सहचालक खहरे खोलामा बेपत्ता

  • आइतवार, असार ५, २०७९
धनगढी आउँदै गरेको बसका सहचालक खहरे खोलामा बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना ६ ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन्।

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ।

अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार