मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका बिपतबाट बिस्तापित १ सय ६८ परिवारलाई दिएकाे राहतकाे अनुमाेदन

बाजुराका बिपतबाट बिस्तापित १ सय ६८ परिवारलाई दिएकाे राहतकाे अनुमाेदन

  • मङ्लबार, जेष्ठ ३१, २०७९
बाजुराका  बिपतबाट बिस्तापित १ सय ६८ परिवारलाई दिएकाे राहतकाे अनुमाेदन

बाजुरा– जिल्ला बिपत ब्यबस्थापन समितिको आज बसेको बैठकले मनसुनजन्य बिपत प्रभाबित १ सय ६८ परिवारलाई पुन निर्माण तथा अस्थाई आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकमकाे अनुमाेदन गरिएकाे छ । अघिल्लो बर्षको कार्तिकमा आएको अबिरल बर्षाका कारणले बिस्तापित १ सय ६८ परिवारलाई पहिलो किस्ता बाफत एक करोड २६ लाख रुपैया  खर्चकाे  बैठकले अनुमोदन गरेको छ ।
मनसुनजन्य बिपतबाट बाजुरा जिल्लाका १ सय ६८ परिवार बिस्तापित भएका थिए । जसमा बुढिगंगा नगरपालिकाका ५९ परिवार, स्वामिकार्तिक खापर गाउँपालिकाका २१ र हिमाली गाउँपालिकाका ८८ जना गरी १ सय ६८ परिवारलाई पहिलो किस्ता रकम उपलब्ध गराउने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला बिपत ब्यबस्थापन समिति समितिले बर्षाको समय सुरु भए संगै हुन सक्ने बिपतलाई कम गर्न लागि बिभिन्न निणर्य गरेको छ । बिपत ब्यबस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निणर्य गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकले साफेँ मार्तडी सडक अन्तरगत बल्दे देखी अम्कोट सम्मको सडकको दिर्घकालीन बनाउने योजनाका बारेमा पनि निणर्य गरिएको जिल्ला बिपत ब्यबस्थापन समितिले जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार