शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु

प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु

  • मङ्लबार, जेष्ठ २४, २०७९
प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु

बर्दिया — बर्दियामा प्रहरीको चलाएको गोलीबाट एक किशोरीको मृत्यु भएको छ। बाघ स्थानान्तरणको माग गर्दै मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। गोलीलागेर मधुवन–२ की १८ वर्षीया नवीना थारूको मृत्यु भएको स्थानीय सीताराम थारूले जानकारी दिए।

सोमबार बारीमा दाउरा काट्ने क्रममा चितुवाले आक्रमण गर्दा मधुवन–२ सोनाहाकी ४१ वर्षीया अस्मिता थारू घाइते भएकी थिइन्। त्यसपछि वन्यजन्तुबाट सुरक्षाको माग गर्दै स्थानीयले सडक बन्द गरेका थिए।

झडपमा स्थानीय र प्रहरीसहित २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार