शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • बिहिबार, जेष्ठ १९, २०७९
चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन — पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका ८ बस्ने २१ वर्षीय विश्वास गुरुङ छन् । उनी चितवनकै कालिका नगरपालिका ४ का स्थायी बासिन्दा हुन् ।

बुधबार राति खैरहनी नगरपालिका वडा नं. ९ सिमलटाँडी नजिकै जेएच ०१ डिएक्स ७७-३९ नम्बरको भारतीय नम्बर प्लेटको कारले बागमती प्रदेश ०३-००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुरुङ सख्त घाइते भएका थिए ।

उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए ।

ठक्कर दिने कार र चालक विहारको पश्चिम चम्पारण जगदीशपुर ४ बस्ने ३५ वर्षीय आलोक कुमारलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार