बाजुरा — पेट्रोलियम पदार्थको मुल्य कम गर्न सोमबार अखलि नेपाल महीला संघ बाजुराले जिल्ला प्रसाशन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ ।
सरकारले बढाएको पेट्रोलीयम पदार्थको मुल्य बिद्धिले जनताको ढाड सेकिएकोले यसको मुल्य याथसिघ्र घटाउन अखलि नेपाल महीला संघको बाजुराले ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उलेख गरएिको छ ।
बैसाख ३० गतेको स्थानीय निर्वाचन समपन्न भए लगत्तै पेट्रोलीयम पदार्थ को मुल्य बृद्धि गरेकोमा अखलि नेपाल महलिा संघ बाजुराले घोर निन्दा र आपत्ती जनाएको ज्ञापन पत्रमा उलेख गरएिको छ ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै अखिल नेपाल महीला संघले ज्ञापनपत्र बुझाएको हो ।
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको अखिल नेपाल महीला संघ जिल्ला कमिटी बाजुराले जनाएको छ । अहिलेको परिस्थितिमा जिल्ला प्र्र्रसाशन कार्यालय बाजुराले वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि कम गर्न ज्ञापन पत्रमा आग्रह गरको हो ।
सरकार र निर्वाचनमा गरिएका अनियमितता र भ्रष्टाचारलाई लुकाउन जनता माथि महंगी बढाएकोमा अखिल नेपाल महिला संघ बाजुराले ध्यान आकर्षण गरेको हो ।