शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो: सैनिक प्रवक्ता

तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो: सैनिक प्रवक्ता

  • सोमवार, जेष्ठ १६, २०७९
तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो: सैनिक प्रवक्ता

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।

उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

‘शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ उनले  भने, ‘अहिले मोबाइल लागिरहेको छैन। थप विवरण केहीबेरमा आउँछ।’

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।सेतोपाटीबाट ।

चर्चामा

सम्बन्धित समाचार