शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

  • शनिबार, जेष्ठ १४, २०७९
दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बँगलाचुली गाउँपालिका वडा नम्बर २ रानीखुट्टीको जंगलमा सिकार खेल्न गएको क्रममा लमही ९ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सिकार खेल्न गएका मध्ये ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। शवलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गोली लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार