शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • लुम्बिनीमा चट्याङ लागेर २ जनाको मृत्यु, ३ जना घाइते

लुम्बिनीमा चट्याङ लागेर २ जनाको मृत्यु, ३ जना घाइते

  • बुधबार, जेष्ठ ११, २०७९
लुम्बिनीमा चट्याङ लागेर २ जनाको मृत्यु, ३ जना घाइते

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार