• होमपेज
  • देश
  • नेपालमा तीन मौसमी प्रणालीको प्रभाव : कस्तो रहनेछ मौसम ?

नेपालमा तीन मौसमी प्रणालीको प्रभाव : कस्तो रहनेछ मौसम ?

  • शुक्रबार, जेष्ठ ६, २०७९
नेपालमा तीन मौसमी प्रणालीको प्रभाव : कस्तो रहनेछ मौसम ?

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

शुक्रवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा गर्जन / चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार