• होमपेज
  • समाचार
  • अछाममा बिहेभोजमा चक्कु प्रहारः एक जना पक्राउ

अछाममा बिहेभोजमा चक्कु प्रहारः एक जना पक्राउ

  • बिहिबार, बैशाख १५, २०७९
अछाममा बिहेभोजमा चक्कु प्रहारः एक जना पक्राउ

अछाम अछाममा बिहेभोजमा चक्कु प्रहार प्रकरणमा एक जना पक्राउ परेका छन्। बिहेभोजमा भएको झडपमा चक्कु प्रहार गर्ने तपेन्द्र बुढा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। प्रहरीका अनुसार तपेन्द्रसहित उनको समूहले चार जनामाथि चक्कु प्रहार गरेका थिए।

उनीहरुले ढकारी गाउँपालिकाका १ का मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि राति चक्कु प्रहार गरेका थिए। तपेन्द्रको १० जनाको समूहले चक्कु प्रहार गरेको बताइएको छ। तपेन्द्र बाहेकका अरु भने फरार रहेको प्रहरीले बताएको छ।

ढकारीकै स्थानीयको बिहेभोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहान र झडप भएको थियो। घाइते भएकाहरुलाई स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार