• होमपेज
  • समाज
  • दुषित बन्दै कर्णाली नदि, किनारमा सिसैसिसा

दुषित बन्दै कर्णाली नदि, किनारमा सिसैसिसा

  • आइतवार, बैशाख ११, २०७९
दुषित बन्दै कर्णाली नदि, किनारमा सिसैसिसा

लक्ष्मीराज पाध्याय — बाजुरा, हुम्ला, मुगु, अछाम, दैलेख हुदै बग्ने कर्णाली नदि दिनप्रतिदिन दुषित बन्दै गएको छ । गाउँ बस्ति र बजारबाट निस्कने फोहोर कर्णाली नदिमा फ्याक्ने कारणले नदि दुर्गन्धित बन्दै गएको छ । त्यो सँगै नदिमा खुला शौच गर्नाले नदि फोहोर बन्दै गएको स्थानियले वताएका छन् ।
कर्णाली नदिको तिर तिरै बाट कर्णाली करीडोर सड्क निर्माण पछि सड्क छेउमा बजार बन्दै गएका छन् । ठाउँ ठाउँमा बजार र सड्क नजिकै बस्ति सरेपनि फोहोर ब्यबस्थापननहुँदा नदि दुर्गन्धित बन्दै गएको नागरिक समाजका प्रदिपराज जोशीले वताएका छन् । सडक् बिस्तार सँगै ठाउँ ठाउँमा बजार स्थापना भएका छन्, बजार बाट निस्कने सबै फोहोर बस्तु कर्णाली नदिमा फाल्ने गरेको उनले वताए ।
फोहोर सँगै मदिराका बोतलहरु फाल्ने केन्द्रका रुपमा कर्णाली नदि भएको स्वामीकार्तिक गाँउपालिका सुचना अधिकारी कुबेर शाहिले वताएका छन् । नदिमा रक्सिका खाली बोतल फ्याक्नुले कर्णाली नदिको तिरमा जम्मै सिसा भेटिन्छन्, नदिमा नुहाउन, लुगा धुन र पानि ल्याउन आवतजावत गर्नका लागि निकै समस्या भएको उनले थपे । कर्णाली करीडोर अन्तर्गत दुईतिन किलोमिटर पिच्छे, बजार छन्, अर्को तल सड्क आएपछि माथि बाट समुदाय सड्कको छेउमै बसाइ सरीरहेका छन् ।
नत फोहोर ब्यबस्थापन गर्ने केही छ, अर्को शौच गर्नका लागि पनि कणर्ाली नदिमा जाने गरेको जगन्नाथ गाँउपालिकाको पिलिचौरमा पसल ब्यबसाह गर्दै आएका मेघराज शाहीले वताएका छन् । कर्णाली करिडोरको छेउ छाँउमा बसाई सर्ने र बजार बनेपनि स्थानिय सरकारले फोहोर ब्यबस्थापनका लागि कुनै निति नबनाएको पाईएको छ ।
कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । हुम्लाको सरिसल्ला सम्म यातायात सञ्चालन भइसकेको छ । यो बिचमा दुईदर्जन भन्दा बढि स्थानिय बजार रहेका छन् । कर्णाली करिडोर नेपाली सेनाले निर्माण गरेको हो । कर्णाली करिडोर निर्माण भएपछि हुम्ला, बाजुराका माथिल्लो भेगका बासिन्दा सड्क तिर बसाई सर्दै आएका छन् । कर्णाली तिरै तिरबाट सड्क निर्माण हुन लागेपछि माथिल्लो भेगका बासिन्दा सड्कको छेउमा सर्दै आएको हुम्लाको ताजाकोट गाँउपालिका मैलाका रमेश लुवारले वताएका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार