काठमाडौं — एक नाम नखुलाइएको ६१ वर्षीय पुरुषले जर्मनमा कोभिड–१९ खोपको ९० डोज लिएको पाइएको छ। उनी खोप लिन नमानेका मानिसलाई खोपको प्रमाण पत्र बिक्री गरेर पैसा कमाउन चाहन्थे।
नाम सार्वजनिक नगरिएका पूर्वी जर्मन सहर माग्देबर्गका पुरुषले विभिन्न खोप केन्द्रबाट कोभिड–१९ को ९० डोज लिन सफल भएका थिए। उनी यसै महिनाको सुरुमा पक्राउ परेका थिए।
उनलाई इलेनबर्गको साक्सोनी खोप केन्द्रमा दोस्रो दिन पनि खोप लगाउन आएपछि उनको यस किसिमको अचम्मको काम सार्वजनिक भएको हो। उनले त्यहाँ पनि कोभिडको खोप दिनका लागि आग्रह गरेका थिए। उनी यो खोप कार्ड खोप नलगाएकाहरुलाई बिक्री गरेर पैसा कमाउन चाहन्थे।दिनेशखबरबाट ।