हरेक व्यापारीले आफ्नो व्यापार चलोस् भन्ने चाहन्छन् । तर कतिपय कारणले व्यापारमा घाटा लाग्ने गर्दछ । यसकालागि ज्योतिषमा केही खास उपाय बताइएको छ जसको मद्दतले व्यापार मुनाफामा जान सक्छ ।
– व्यापार सुरुवात गरेपछि हरेक मंगलवार ११ वटा पीपलका पातमा रातो चन्दनद्वारा राम–राम’ लेखेर हनुमान मन्दिरमा चढाए यसले व्यापारमा मुनाफा बढाउने र सफलता मिल्ने मान्यता छ ।
– सोमवार ११ वटा बेलपत्रमा केशरले ओम् नमः शिवाय लेखेर, उक्त मन्त्र उच्चारण गर्दै शिवलिंगमा अर्पण गर्नु पर्दछ । लगातार १६ वटा सोमबारसम्म यो उपाय गरेमा व्यापारमा आर्थिक समस्या नआउने धार्मिक मान्यता छ ।
– व्यापारका लागि सामान किन्दा, किन्नु अघि ५१ रुपैयाँ अलग्गै राख्ने र किनेर फर्केपछि उक्त रकम मन्दिर वा कुनै असहायलाई दान दिए व्यापारमा लाभ बढ्ने विश्वास गरिन्छ ।
– पसल सञ्चालनपछि कपूर र कुमकुम मिलाएर बाली यसको खरानीलाई गल्लामा राखेमा कसैको नजर नलाग्ने धार्मिक विश्वास छ ।
– बिहिबार तुलसीको पात कुनै पहेँलो कपडामा बाँधेर पसल वा व्यापार स्थलमा राख्दा व्यापारमा सफलता मिल्ने धार्मिक विश्वास छ ।
– व्यापारीले सकेसम्म ग्राहकलाई पसलबाट खाली हात पठाउन नहुने मान्यता छ । चाहे ग्राहक आएको समयमा आफू जति नै व्यस्त भए पनि पहिलो ग्राहकलाई खाली पठाउन नहुने मान्यता छ ।