गजल!

  • आइतवार, माघ २३, २०७८
गजल!

चिसो मौसममा पनि झन हुरी बतास चल्दा,
प्राकृतीक झटारो हृदयको पास-पास चल्दा।

मानिसको पनि सहनसिलता बांध टुट्नेरैछ,
जरूरत भन्दा बढी यो चीसोको रास चल्दा।

हामि त घरमा बसेर लेखेका छौं गजल गीत,
कति पिढा हुँदोहोला फुटफाटमै बास चल्दा।

गरिब मजदुर जनता तातो लगाउने लुगाछैन,
कसरी गुजारे दिनरात चिसोमा बर्षात चल्दा।

सोंचिरहन्छु अक्सर आउँछन मष्तिकमा प्रश्न,
मान्छे मान्छेभित्र बिभेदको कुरा खास चल्दा।

लेख्छु मनका भावनाहरू गजल मुक्तक मैले,
यहि समाज र प्राकृति बाट मन उदाश चल्दा।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार