• होमपेज
  • समाज
  • बाजुराको सदरमुकाम मार्तडीमा बिद्युतकाे राष्ट्रिय प्रशारण लाईन जोडियाे

बाजुराको सदरमुकाम मार्तडीमा बिद्युतकाे राष्ट्रिय प्रशारण लाईन जोडियाे

  • मङ्लबार, माघ ११, २०७८
बाजुराको सदरमुकाम मार्तडीमा बिद्युतकाे राष्ट्रिय प्रशारण लाईन जोडियाे

बाजुरा — बाजुराको सदरमुकाम मार्तडी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाईन जोडिएको छ । नागरिक समाजले गरेको लगातार ३ दिनको आन्दोलन कार्यालयमा तालबन्दी पछि सदरमुकाममा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जडान गरिएको हो ।
दैनिक ६ देखि १० घण्टाको लोडसेडिङको मार खेप्दै आएका सदरमुकामबासी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जडान भएपछि खुसि भएका छन् । सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जोडेको नेपाल बिद्यदुत प्राधिकण बितरण केन्द्र बाजुराका प्रमुख ललित कुमार मण्डलले बताएका छन । ७ गते देखी जडान सुरु गरिएको लाईन १० गते साझँबाट नियमित रुपमा दिन सकेको कार्यालय प्रमुख मण्डलले बताएका छन ।
२०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर संचालन गर्दै आएको थियो । २ सय किलोवाट उत्पादन क्षमताको विद्युतले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिक जसो लोडसेडिङ गर्दै आएको थियो ।
राष्ट्रिय प्रशारण लाईन सोमबार अर्थात १० गते साँझबाट सदरमुकाम मार्तडीमा जडान गरेको बाजुरा वितरण केन्द्रका प्रमुख मण्डलले बताए । उनका अनुसार सदरमुकाम मार्तडीलाई लक्षित गरेर सोमबारबाट पहिलो पटक मार्तडीमा ११ हजार भोल्टेजको लाईन जडान गरिएको बताए । बाजुरा सब स्टेशन नभए सम्म ११ हजार भोल्टेजको लाईनबाट सेवा दिने र सब स्टेशन निर्माण भईसकेपछि ३३ केभीको लाईन दिन सकिने बितरण केन्द्रका प्रमुख मण्डलले जानकारी दिएका छन ।
बाजुरामा सब स्टेशन बन्दै गरेको र ११ हजार भोल्टेजले नै सेवा दिनुपर्ने कार्यालयका प्रमुख मण्डलले बताए । सदरमुकाम मार्तडीमा विद्युत आपूर्तिको माग गर्दै नागरिक समाज बाजुराले ३ दिनसम्म आन्दोलन समेत गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार