• होमपेज
  • समाज
  • जवर्जस्तीकरणीको प्रयास गरेको भन्दै काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति पक्राउ

जवर्जस्तीकरणीको प्रयास गरेको भन्दै काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति पक्राउ

  • सोमवार, पुस ५, २०७८
जवर्जस्तीकरणीको प्रयास गरेको भन्दै  काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति पक्राउ

नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरेलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिए पनि उनीमाथि लागेको आरोप प्रहरीले सार्वजनिक गरेको छैन ।

सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पौडेललाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरी प्रवक्ता रुपन्देहीका डीएसपी नवरत्न पौडेलले स्पष्ट खुलाउन चाहेनन् । नियन्त्रणमा लिइएको पुष्टि गर्दै अनुसन्धानको क्रममा रहेको बताए ।

प्रहरी स्रोतका अनुसार एक महिलामाथि जवर्जस्तीकरणीको उद्योग अन्तर्गत घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । एक महिलाले आफूमाथि घिमिरेले जवर्जस्तीकरणीको प्रयास गरेको भन्दै प्रहरीमा तीन दिन अघि जाहेरी दिएकी थिइन् ।

स्रोत भन्छ, ती महिलाको जाहेरी पछि लगत्तै घिमिरेलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो । ती महिलालाई जागिर लगाइदिने भन्दै कोठामा पुगेर करणी प्रयास गरेको प्रहरीसमक्ष महिलाले दाबी गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार