• होमपेज
  • समाचार
  • बारमा छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

बारमा छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

  • शुक्रबार, मंसिर ३, २०७८
बारमा छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

रामशाहपथस्थित नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला चारजना युवा बार परिसरभित्रै पसेर मुख छाडेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको छ ।

चर्चामा

सम्बन्धित समाचार